दफा ६८२
दायित्व वापत क्षतिपूर्ति व्यहोर्नु पर्नेः

(१) यस परिच्छेद बमोजिम भएको दुष्कृति वापतको दायित्व व्यहोर्नु पर्दा दृष्कृृति गर्नेले क्षतिपूर्ति व्यहोर्नुपर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद बमोजिम कुनै व्यक्तिको आफ्नै समेतको अकर्मण्यता,त्रुटि, लापरबाही वा हेल्चेक्र्याइँको कारणबाट कुनै दुष्कृति भएको रहेछ भने त्यस्तो क्षतिपूर्तिको मात्रा कमहुनेछ ।
(३) उपदफा (१) बमोजिमको क्षतिपूर्ति वास्तविक रूपमा हानि, नोक्सानी भएको विषयमा सीमित रहेको हुनु पर्नेछ र काल्पनिकवा अवास्तविक क्षतिपूर्ति व्यहोर्नु पर्ने छैन ।
(४) क्षतिपूर्ति नगद, जिन्सी वा सेवा कुनै पनि किसिमको हुन सक्नेछ ।
(५) यस परिच्छेद बमोजिम हानि, नोक्सानी भएकोमा त्यस्तो हानि, नोक्सानी पुगेको व्यक्तिले यस परिच्छेदको अधीनमा रहीक्षतिपूर्ति दाबी गर्न सक्नेछ ।
(६) उपदफा (५) बमोजिम क्षतिपूर्ति दाबी गरेकोमा अदालतले मनासिब क्षतिपूर्ति भराउन आदेश दिन सक्नेछ ।